एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आइतबार (भोलि) बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आव्हान गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइ सक्नुपर्ने भएकाले ​त्यस बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए ।