काठमाण्डौ – फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावका लागि योग्य मतदाताको सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कायम भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता मध्ये ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला र २ सय जना अन्य छन् । आयोगले नामावलीमा भएको त्रुटी सच्याएर मतदाताको अन्तिम सङ्ख्या सार्वजनिक गरेको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउनेछन् । चुनाव घोषणा ग...