काठमाण्डौ – नेकपा एमालेले एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व अन्तर्गत पहिलो सचिवालय बैठक बोलाएको छ । भोलि बिहान ११ बजेका लागि बोलाएको बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम सङ्कलन गरिरहेको छ ।