कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने

काठमाण्डौ – नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको आजको बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले बताउनुभयो । पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रित रहेको उहाँले बताउनुभयो ।