नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा शनिबार बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन् । 'कांग्रेसलगायत सबै पार्टीहरू चुनावमा जान तयार छन्, तर वातावरण बनिसकेको छै, वातावरण बनाउनुपर्यो, सुरक्षाको व्यवस्था हुनुपर्यो,' उनले भने । एमाले पनि चुनावमा जान तयार हो भन्ने सञ्चारकर्मीक...