बालेन–रास्वपा निर्णायक वार्ता अनिश्चित

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को समूहबीच आज हुने भनेको निर्णायक वार्ता अनिश्चित भएको छ । गएराति अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको शक्ति बाँडफाँडको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो । हिजोको वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने बताउनुभएकोमा आज वार्ता अघि नबढेको हो । बालेन र रविलाई एक ठाउँमा ल्याउने गृहकार्यका लागि मस्यौदा बनाउने जिम्मेवारी रा...