निर्वाचन सफल पार्नु सबैको दायित्व हो, निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्छ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्ने बताएकी छिन् । ​ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत निर्वाचनका लागि कुनै पनि संशय नरहने गरी काम गरिरहेको बताएकी हुन् । निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्ने उनले बताएकी छिन् । 'दिगो लोकतन्त्र र स्थिरताका लागि फागुन २१ को निर्वाचन सफल पार्नु ...