तराईमा हुस्सुले जनजीवन प्रभावित : भोलि र पर्सि पनि हुस्सु र कुहिरो लाग्ने

काठमाण्डौ – तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ । भोलि र पर्सि पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ । आजराति गण्डकी प्रदेशको केही उच्च पहाडी भू–भागमा ...