नेपाली कांग्रेसले पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आग्रह गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेकालाई घर फर्कन आव्हान गरेको हो । 'विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक आव्हान गर्दछ । त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जि...