काठमाण्डौ – गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भागेकामध्ये चार हजार पाँच सय ७५ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार व्यवस्था विभागका अनुसार आन्दोलनका क्रममा १४ हजार ५ सय ५९ जना कैदीबन्दी फरार भएकामा ९ हजार ९ सय ६५ जना जना फर्किएका कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । आन्दोलनका क्रममा २८ वटा कारागारबाट कैदीबन्दी भागेका थिए । फरार रहेका कैदीबन्दी मध्ये ५ सय १६ जना भारतीय र ८९ जना भारत बाहेकका विदेशी नागरिक रहेका छन् । २ सय ६ जना बालसुधारतर्फका छन् । क...