काठमाण्डौ – नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड त्रिपुरेश्वरमा आज दिउँसो भएको पुरुषतर्फको खेलमा रुकुमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै आर्मीले कोशी प्रदेशलाई पनि ३–० को सोझो सेटमा हरायो । यस्तै महिलातर्फ पनि न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विभागीय टोली एपीएफले विजयी शुरुआत गरेका छन् । बिहान भएको महिलातर्फको खेलमा न्यू डायमण्डले चुली युवा क्लबलाई र एपी...