नेपाल रग्बी सङ्घको १३ औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ। शनिवार आयोजित साधारण सभामा सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए। सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा सङ्घका अध्यक्ष दीपक देवकोटाले सङ्घको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए। जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित ...