उज्यालो पार्टीको बैठकमा रवि-बालेनबारे छलफल, सहअस्तित्वमा उठ्यो प्रश्न

ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा रवि लामिछाने र बालेन साहसँग मिलेर जानेबारे छलफल भएको छ । बैठकमा पार्टीको अस्तित्व के हुने भन्ने विषयमा पनि छलफल भएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले आजको बैठक मूलतः पार्टी एकतामा केन्द्रित भएको लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बैठकमा कुलमान पनि सहभागी भएका थिए । ती नेताले कुलमान र उनी निकटहरूले दिनभर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्...