पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । आज पुरानो बानेश्वरस्थित उनको निवासमा पुगेर डा. आचार्यका परिवारजनसँग भेट गरी अस्वस्थ रहेकी डा. आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् । डा. आचार्यले पूर्वराष्ट्रपति भण्डारी तत्कालीन समयमा राष्ट्रपति रहेका बेला विज्ञ सल्लाहकारका रूपमा महत्त्वपूर्ण योगदान दिएकी थिइन् ।