जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा थुनुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पक्राउ पर्नेमा व्यास...