१२ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालयस्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ । शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई नि:शुल्क प्रशिक्षण दिइएको हो । ‘खेलाडीको वृद्धि, विकास, हौसला अभिवृद्धि गर्ने उद्देश्यले एकै ठाउँमा प्रशिक्षण गरिएको हो,’ राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘यस कार्यक्रमले विद्यालय स्तरका […]