युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार संसद्मा छापा मार्नबाट रोकेको बताएको छ । अन्वेषकहरूले केही सांसदहरू नयाँ भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोपपछि अनुसन्धान थालिएको बताएका छन्। युक्रेन भ्रष्टाचार काण्डको श्रृंखलामा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका विश्वास पात्रसमेत रहेका सेनाका पूर्व प्रमुखले राजीनामा दिनुपरेको थियो । क्षतिग्रस्त ऊर्जा क्षेत्रमा १० करोड अमेरिकी डलरको आर्थिक अनियमितता भएको आरोपपछि राष्ट्रपतिका निकट सहयोगी भनिने ‘चिफ अफ स्टाफ’ को यसमा संलग्नता रहेको आरोपपछ...