होटल सङ्घ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई आज पोखरामा स्वागतसहित पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाइएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । चालु बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोहीअनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमार्फत स्मरण गराइएको उनले जानकारी दिए । ध्यानाकर्षण पत्रमा हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्त...