उखु किसानलाई धपेडी

 महोत्तरीका उखु किसानलाई अहिले धपेडी परेको छ । चैतेबाली लगाउने समय नजिकिँदै जाँदा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसान व्यस्त भएका हुन् । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोका अनुसार पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले किसान त्यसैमा केन्द्रित छन् । समयको चापका कारण कडाको जाडो पनि नभनी उखुको काममा जुट्नुपरेको उनले बताए । एक पटक लगाइएको उखु खेतीबाट दुई वर्षसम्म बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षको...