वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रबीच औपचारिक रुपमा 'बृहत् एकता' को सहमति भएको छ। आइतबार भएको ७ बुँदे सहमतिसँगै बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने तय भएको छ। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार, पार्टीको नेतृत्व तहमा महत्वपूर्ण कार्यविभाजन गरिएको हो। जसअनुसार रवि लामिछा...