लामो छलफल पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । उक्त सहमतिपत्रमा आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएका दुई मुख्य पक्षहरु अब एउटै छातामुनि गोलबद्ध भएका छन्। सहमतिको सबैभन्दा महत्वपूर्ण बुँदा नेतृत्वको कार्यविभाजन रहेको छ, जसअनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै कायम रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन्द्र शाह संसदीय दलको नेता तथा र...