देशका विभिन्न क्षेत्रमा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएएका छन् । अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिइन् । उनका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा–२ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । यस्तै, मधेस प्रदेशको धनुषास्थित महादेव गाउँपालिका–२ ...