लामो कसरतपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)सँग ‘वृहत् एकता’ सहमति गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमतिबारे प्रतिक्रिया दिएका छन् । आइतबार बिहान उनीहरू ७ बुँदे सहमति भएपछि रविको प्रतिक्रिया आएको हो । ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् । सहमतिसँगै बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने तय ...