सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदासम्बन्धी सूचना प्रवाह गरी आन्तरिक र अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पु¥याउने उद्दे...