काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्। लामो समयको संवाद र गृहकार्यपछि आइतबार बिहान ४:१५ बजे रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे 'बृहत् एकता' सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बिहान ४:१५ बजे यो सहमति भएको बताए । सहमतिले देशमा नयाँ राजनीतिक युगको सुरुवात गरेको उनको भनाइ छ । वाग्लेले भने, 'यो केवल दुई शक्ति वा व्यक्तिको मिलन मात्र ...