काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई १–० गोलले हरायो । यो जीतसँगै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । यस्तै लिभरपुलले उल्भ्सलाई २–१ गोलले हरायो । लिभरपुल चौथो स्थानमा र उल्भ्स तालिकाको पुछारमा छ । अन्य खेलहरुमा एस्टन भिल्लाले चेल्सीलाई २–१, ब्रेन्टफर्डले बर्नमाउथलाई ४–१ र फुलहमले वेस्टह्यामलाई १–० गोलले हरायो । यस्तै बर्नली र इभरटनले गोलरहित बराबरी खेले । प्रिमियर लिगमा आजराति दुई वटा खेल हुँदैछन् ।&n...