कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कोशी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सडकमा आज साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र...