युद्धग्रस्त म्यानमारमा भइरहेको चुनावको व्यापक विरोध

म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु  गरेको छ । तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भूभागमा मतदान हुन नसक्ने अवस्थाले यो चुनावलाई व्यापक रूपमा ‘नक्कली’ भन्दै आलोचना गरिरहेका छन् । पश्चिमी देशहरू र युरोपेली संसदले चुनावलाई अस्वीकार गरेका छन् भने आसियान क्षेत्रले राजनीतिक संवाद बिना चुनाव नगर्न आग्रह भनेको छ । सैनिक सरकारले भने चुनाव म्यानमारकै लागि भएको दाबी गर्दै आलोचना अस्वीकार गरेको छ । नागरिकहरूबीच ...