युक्रेनको राजधानी कीभमाथि रातभर गरिएको तीव्र रुसी आक्रमणले मस्को शान्ति चाहँदैन भन्ने स्पष्ट भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । नयाँ शान्ति वार्ताको तयारीका क्रममा अमेरिकाको फ्लोरिडा जाँदै गर्दा शनिबार उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी अमेरिकी तथा युक्रेनी दूतहरूबीच सहमति बनेको २० बुँदे शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम छ । स्थानीय अधिकारीहरूका अनुसार करिब १० घण्टा चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घ...