नारद गौतमको कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण

साहित्यकार नारद गौतमद्वारा लिखित कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण भएको छ । लुम्बिनी वाङ्‌मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा जनजागृति माध्यमिक विद्यालय योगीकुटीमा कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण गरिएको हो ।  कार्यक्रममा प्राडा हिरण्यलाल ज्ञवालीले कृति समीक्षाका क्रममा गौतमले नेपाली भाषामा प्रयोगविहीन हुन लागेका शब्दका बारेमा गहनतम अध्ययन र उजागर गर्ने काम गरेको बताए  । कविता काव्यका क्षेत्रमा ‘शब्दका छर्रा’ कृति पठनीय रहेको ज्ञवालीले बताए । यस्तै, साहित्यकार रु...