नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बैठक बस्ने एक नेताले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका छ। त्यसै विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको ती नेताले बताए। बैठकमा एघारौं महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ।