रास्वपाबाट राजनीतिमा बालेन, समेटिएनन् कुलमान

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच औपचारिक रुपमा बृहत् एकताको सहमति भएको छ।  आइतबार भएको ७ बुँदे सहमतिसँगै बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने तय भएको छ । रास्वपा सभापति रवि लाम...