तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि उत्साह बढ्यो

पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि पुनः अध्ययन सुरु भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो। मच्छिम गाउँ नजिकैको पाखोमा छ स्थानमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन्। धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनमा जुटेको छ। तामाखा...