रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको सहमतिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हाँसोमा उडाएका छन् । आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसहितको ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिप्रति टिप्पणी गर्दै धरान उपमहानगरपालिका मेयर समेत रहेका साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको बताएका छन् । यतिमात्रै होइन उनले विदेशीको इसारामा एकताको सहमति भएको गम्भीर आरोप समेत लगाएका छन् । उनले साम...