१३ पुस, रसुवा । लेहेन्दे खोला (भोटेकोशी) को बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षण गरेका छन् । शाक्यले १११ मेगावाटको आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षकाबारेमा पनि जानकारी लिएका थिए । चिलिमे जलविद्युत आयोजनाका सीईओ बाबुराज महर्जन, उत्पादन विकास तथा सहायता विभागका निर्देशक राजा […]