आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्नुपर्ने

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज आइतबार राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिका छन् । यसका लागि आयोगका तर्फबाट सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।            आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज आइतबार र भोलि सोमबार दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  दलले भोलिसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गते...