जाडो मौसममा तपाईं चिसो पानीले नुहाउनुहुन्छ कि तातो पानीले ? तपाईंलाई याद होला, वर्षौं अगाडि हिन्दी चलचित्रको एक चर्चित गीतले मानिसहरूलाई चिसो-चिसो पानीले नुहाउन सुझाव दिएको थियो। गर्मीको मौसममा चिसो पानीले नुहाउन सामान्य लाग्न सक्छ । मानिसहरू गर्मीमा चिसो पानीले नुहाउन पाउँदा आनन्द महसुस गर्छन् । त्यसको ठीक विपरीत धेरैजसो मानिसहरू जाडोमा चिसो पानीले नुहाउन डराउने गर्छन् । कठ्याङ्ग्रिँदो जाडोमा चिसो पानीलाई यति महत्त्व दिनु कति उचित हो? जाडोमा तापक्रम निरन्तर घटिरहेको बेला चिसो पानीले नुहाउनु ठीक ह...