१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वुल्भसलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र फ्लोरियन विट्जले १-१ गोल गरे । वुल्भ्सका सान्टियागो बुएनोले गरेको गोल सान्त्वना बन्यो । खेलको ४१औं मिनेटमा ग्राभनबर्कको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो […]