नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक केही दिनदेखि जारी छ । यसअघि शनिबार भएको बैठकमा कांग्रेसले समानुपातिकतर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको बताइएको छ । शनिबारको बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी...