गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले मध्यरातमा हवाई फायर गर्नुपरेको छ ।  नेपाल–भारत सीमा क्षेत्र नजिकबाट ३३० केजी गाँजासहित दुई जना भारतीय नागरिक समेत पक्राउ परेका प्रहरीले जनाएको छ । शनिबार राति करिब १०:३० बजेतिर जहदा गाउँपालिका–२ तारिगामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । टोली घटनास्थलमा पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ ...