नेपाललाई युक्रेन बनाउने षडयन्त्रको दोस्रो चरण शुरू हुँदैछ- शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई युक्रेनको हालत लैजाने षडयन्त्र भइरहेको बताएका छन् । गत भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि शुरू भएको पोखरेलको टिप्पणी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई...