नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ । यसअघि आइतबार बिहान ११ बस्नेगरि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका छ । त्यसै विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा ११ औं महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ ।