काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले अब नेपालले नयाँ मोड लिने टिप्पणी गरेका छन् । बालेनसहितको ७ बुँदे सहमति सार्वजनिक गर्दै स्वर्णिमले लेखेका छन्– ‘यससँगै नेपालले नयाँ मोड लिँदै उन्नतिको दिशातर्फ अगाडि बढ्नेछ ।’ रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार बिहान सवा ४ बजे सहमति भएको थियो । चुनावपछि बालेनलाई रास्वपा संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्दै दुई पक्षले सहमति गरेका थिए ।&...