२ लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदी पनि थप महंगियो

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।  आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।  अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।