‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरू’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह) ‘तेस्रो रङ्ग’ (क...