सैन्य ‘कु’ पछि म्यान्मारमा आज पहिलो पटक आमचुनाव हुँदैछ । सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित चुनाव भइरहेको हो । देशभरका ३ सय ३० मध्ये झन्डै एक तिहाइ क्षेत्रमा मात्र आज मतदान भइरहेको छ । गृहयुद्धका कारण ६५ वटा निर्वाचन क्षेत्रमा मतदान पूर्ण रूपमा रद्द गरिएको छ भने झन्डै २० प्रतिशत नागरिक मतदानको अधिकारबाट वञ्चित भएका छन् । ठूला सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र पहिलो पटक इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको छ । यद्...