रवि-बालेन सहमतिबारे बीबीसी हिन्दी लेख्छ : तीन वर्षमा बालेनको राजनीतिक उदय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको सहमतिबारे बीबीसी हिन्दीले समाचार बनाएको छ । बालेनले तीन वर्षको अवधिमा ठूलो राजनीतिक उदय गरेको बीबीसीले जनाएको छ ।  बालेन महानगरपालिकाका मेयर निर्वाचित हुँदा त्यो नतिजा धेरैका लागि चकित पार्ने रहेको बीबीसीले हिन्दीले लेखेको छ । उनै बालेनलाई रास्वपाले आउँदो फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा अघि सार्दै गरेको सहमतिलाई बीबीसीले हिन्दी प्राथमिकताका साथ स्थान दिएको छ । ‘...