१३ पुस, सुनसरी । देवानगन्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए । प्रहरीले […]