बन्दसूची पेस गर्ने समय सार्न कांग्रेसको दबाब, आयोगको जवाफ– तालिका सार्न सकिँदैन, पछि सच्चाउन मिल्छ

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय केही पर सार्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेस गर्ने समय थप गर्न कांग्रेसले दबाब दिएको स्रोतले बतायो । आयोगले भने बन्दसूची पेस गर्ने समय सार्दा समग्र निर्वाचन कार्यतालिका प्रभावित हुने भन्दै पछि समय थप गर्न अस्वीकार गरेको छ । ‘कांग्रेसको तर्फबाट बन्दसूची पेस गर्ने समय सारिदिनुपर्‍यो भनेर प्रस्ताव आएको थियो, तर हामीले त्यो प्रस्ताव स्वीकार गरनौ...