बुद्ध जन्मस्थल लुम्बिनीमा ‘न्युज फेस्टिबल’​

लुम्बिनीमा समाचार महोत्सव शुरू भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनमा शुरू भएको तीन दिने न्युज फेस्टिबलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले नेपाल र भारतको पर्यटकीय सम्भावना, सांस्कृतिक र धार्मिक सम्बन्ध बढाउन यस्ता फेस्टिबलले योगदान पुर्‍याउने बताए । उनले दुवै देशका मिडियाले दुवै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने बताए । आचार्यले ठूलो जनसंख्या भएको भार...